सिर्जनालाई बचाउन, साथ दिन्छ गजल पुञ्ज
श्रष्टालाई सम्मान गर्दै, हात दिन्छ गजल पुञ्ज
आउँछ मनका भाव बोल्दै, छाउँदै सारा बस्ती
मनमुटुकै बिसौनीमा, गाथ दिन्छ गजल पुञ्ज

यो ज्यान देखेर लालायित भयो

~~~~~~~~गजल~~~~~~~
यो ज्यान देखेर लालायित भयो
बिस्तारै बिस्तारै उ भयभित भयो
रंगिन यो दुनियाँमा रंगहरू मिसेर
मेरो धुनमा उनी सुन्दर गीत भयो
माहौल यसरी जमाइ दियो उसले
मशहूर शायरी आज उ साबित भयो
महफिलमा उसको र मेरोदोहरी चल्दा
अन्त:त मेरो हार उस्को जीत भयो
परेवाको जोडी हामी जहाँ जाउँ सँगै
हाम्रो प्रित देखि इश्वर नी चकित भयो ।
~मानन्धर अभागी " सौभाग्यशाली "

कोई टिप्पणी नहीं