सिर्जनालाई बचाउन, साथ दिन्छ गजल पुञ्ज
श्रष्टालाई सम्मान गर्दै, हात दिन्छ गजल पुञ्ज
आउँछ मनका भाव बोल्दै, छाउँदै सारा बस्ती
मनमुटुकै बिसौनीमा, गाथ दिन्छ गजल पुञ्ज

दुखीलाई माया मारेर खुसीले टारेर गो

~~~~~~~ गजल ~~~~~~~~

दुखीलाई माया मारेर खुसीले टारेर गो
धनी जो पाएपछि आज बिदा मागेर गो

सँगै मछुॅ सँगै बाँच्छु भन्ने जो खुसीले
आज हेर मलाई उसले एक्लै छाडेर गो

मेरै जो ऑखा सामु डोली माथी चढी
कसरी होला सकेकी यो मुटु जलाएर गो

हाँसीहाँसी खुसी साथ केही कुरा गरे जस्तै
जाने बेलामा खुसूक्क पत्र जो थमाएर गो

मनुॅ न बाँच्नु भयो कस्तो सँग माया लाएछु
बिना कसूर मलाई उसले आज तडपाएर गो ।

( यो कसैको वास्तविक कहानीमा लेखेको गजल )

कोई टिप्पणी नहीं