सिर्जनालाई बचाउन, साथ दिन्छ गजल पुञ्ज
श्रष्टालाई सम्मान गर्दै, हात दिन्छ गजल पुञ्ज
आउँछ मनका भाव बोल्दै, छाउँदै सारा बस्ती
मनमुटुकै बिसौनीमा, गाथ दिन्छ गजल पुञ्ज

थियो जो गुनासो मनैमा छुपाए

~~~~~~~ गजल ~~~~~~~
थियो जो गुनासो मनैमा छुपाए

बगे आशु आँखाहरूमै लुकाए

जहा चोट पर्थ्यो सहे खेल ठानी
जबरजस्त मौका हजारौ चुकाए

अहो जिन्दगीको समीक्षा सुनायौ
र पो आज एक्लै बसी मुस्कुराए

म हेर्दैछु ऐना नयनमा छ आशु
झरे क्या मजाले त्यसैमा नुहाए

तिमी दिक्क मान्दै हिडेकी रहेछौ
बिलौनाहरू यी फगतमा सुनाए

~ © कविराज भट्ट बिलौना

कोई टिप्पणी नहीं