सिर्जनालाई बचाउन, साथ दिन्छ गजल पुञ्ज
श्रष्टालाई सम्मान गर्दै, हात दिन्छ गजल पुञ्ज
आउँछ मनका भाव बोल्दै, छाउँदै सारा बस्ती
मनमुटुकै बिसौनीमा, गाथ दिन्छ गजल पुञ्ज

मेची मधेश कालीले आज जाग्नु पर्छ

मेची मधेश कालीले आज जाग्नु पर्छ
ती बीरका रगतको हिसाब माग्नु पर्छ
यस्तो बुलन्द नारा जागोस देश सारा
यी भ्रष्ट देश छोडी तत्काल भाग्नु पर्छ
गुण्डा र भ्रष्ट मिल्दै जो देश बेच्न थाले
बाधेर आज खुट्टा आकाश टाँग्नु पर्छ
त्यागेर श्वार्थ सारा यो देशका निमित्त
यी हात हात जोरी लौ आज लाग्नु पर्छ
उद्देश्य चन्द्र छुने भर्दै उमङ्ग नौलो
हामी दगुर्नु पर्छ यी भ्रष्ट थाग्नु पर्छ
कबिराज भट्ट

कोई टिप्पणी नहीं