सिर्जनालाई बचाउन, साथ दिन्छ गजल पुञ्ज
श्रष्टालाई सम्मान गर्दै, हात दिन्छ गजल पुञ्ज
आउँछ मनका भाव बोल्दै, छाउँदै सारा बस्ती
मनमुटुकै बिसौनीमा, गाथ दिन्छ गजल पुञ्ज

घडीको सुइ चलुञ्जेल लम्किन्छ यो जिन्दगी

~~~~~~~~~ गजल ~~~~~~~~~

घडीको सुइ चलुञ्जेल लम्किन्छ यो जिन्दगी
ईच्छा हुँदाहुँदै पनि अड्किन्छ यो जिन्दगी

कहिले फर्किन्छ होला कुर्दाकुर्दै आजभोलि
कथै जवानी उम्लेर सकिन्छ यो जिन्दगी

जे हुन्छ जवानीमा हुन्छ बुढेसकाल लागेपछि
धमिराले काठ खाएझैं मकिन्छ यो जिन्दगी

एकान्तमा युगल जोडी प्रेमालाप देखेपछि
थाम्नै नसकी कताकता वहकिन्छ यो जिन्दगी

फूल भएर के गर्नु र ? जब मालीनै छैन भने
कसको लागि फूल्नु र ? हच्किन्छ यो जिन्दगी ।

~ © मानन्धर अभागी ।

कोई टिप्पणी नहीं