फाटेको यो मन तिमीले सिलायौ

~~~~~~~~ गजल ~~~~~~~~
फाटेको यो मन तिमीले सिलायौ
आज किन तिमीले वाटो विरायौ
निष्ठूरी पो रहेछौ धोकेवाज तिमी
आज म माथी त्यो निशाना लगायौ
विना अप....राध दोष जो थुपायौॅ
आज मेरो योमन किन पो चिढायौ
ललाएर फकाएर तिमीले जो मसँग
हिँजोका त्यो दिन कयौँ रात वितायौ
प्यास जो मेटेपछि तिमी उडी गयौ
आज किन मलाई विरानो बनायौ ।
~ © मानन्धर अभागी ।
Post a Comment