सिर्जनालाई बचाउन, साथ दिन्छ गजल पुञ्ज
श्रष्टालाई सम्मान गर्दै, हात दिन्छ गजल पुञ्ज
आउँछ मनका भाव बोल्दै, छाउँदै सारा बस्ती
मनमुटुकै बिसौनीमा, गाथ दिन्छ गजल पुञ्ज

सोच्दैछु म छुट्टै मन्दिर बनाउँ कि भनेर

~~~~~~~~~ गजल ~~~~~~~~~

सोच्दैछु म छुट्टै मन्दिर बनाउँ कि भनेर
मेरो आफ्नो खै आफैले तक्दिर बनाउँ कि भनेर

जातभातमा बन्देज परम्परा उही नै छ
पूजा गर्न आँगनमा तस्वीर बनाउँ कि भनेर

प्रयास मेरो जारी नै छ आजभोलि यिनै हातले
ढुङ्गा कुँदी भगवान्को शिर बनाउँ कि भनेर

मरेपछि आफ्नो लाश दाह संस्कार गर्न
सुरक्षित यौटा ठाउँ भीर बनाउँ कि भनेर

चोरको विगविगी छ रे चोरी नहोस् भनेर
मूर्ति त्यो बाँधेर राख्न जञ्जीर बनाउँ कि भनेर ।

~ © मानन्धर अभागी ।

कोई टिप्पणी नहीं