कोही राम्रो देखियो भन्दैमा मख्ख नपर्नु ।
~~~~~~ गजल ~~~~~~
कोही राम्रो देखियो भन्दैमा मख्ख नपर्नु ।
हातमा केही दियो भन्दैमा मख्ख नपर्नु ।
,,,,,,,,,,,,,,
निभ्नेबेला बत्तीले बढी उज्यालो दिन्छ,
सबै कुरा चम्कियो भन्दैमा मख्ख नपर्नु ।
,,,,,,,,,,,,,
अरुको काँधको उचाइ धेरैबेर टिक्दैन,
केही माथि पुगियो भन्दैमा मख्ख नपर्नु ।
,,,,,,,,,,,,,,,
मान्छे आफ्नै खुट्टामा उभिनु ठूलो कुुरा हो,
उ उफ्रियो दौडियो भन्दैमा मख्ख नपर्नु ।
,,,,,,,,,,,,,,,
जब मृत्यु बुझ्दैन मान्छेले केही बुझ्दैन,
थोरै कुरा जानियो भन्दैमा मख्ख नपर्नु ।
,,,,,,,,,,,,,,,,,,
सम्झना'सानु'
स्याङ्जा हाल पोखरा ।
कोही राम्रो देखियो भन्दैमा मख्ख नपर्नु ।
हातमा केही दियो भन्दैमा मख्ख नपर्नु ।
,,,,,,,,,,,,,,
निभ्नेबेला बत्तीले बढी उज्यालो दिन्छ,
सबै कुरा चम्कियो भन्दैमा मख्ख नपर्नु ।
,,,,,,,,,,,,,
अरुको काँधको उचाइ धेरैबेर टिक्दैन,
केही माथि पुगियो भन्दैमा मख्ख नपर्नु ।
,,,,,,,,,,,,,,,
मान्छे आफ्नै खुट्टामा उभिनु ठूलो कुुरा हो,
उ उफ्रियो दौडियो भन्दैमा मख्ख नपर्नु ।
,,,,,,,,,,,,,,,
जब मृत्यु बुझ्दैन मान्छेले केही बुझ्दैन,
थोरै कुरा जानियो भन्दैमा मख्ख नपर्नु ।
,,,,,,,,,,,,,,,,,,
सम्झना'सानु'
स्याङ्जा हाल पोखरा ।
Post a Comment