सिर्जनालाई बचाउन, साथ दिन्छ गजल पुञ्ज
श्रष्टालाई सम्मान गर्दै, हात दिन्छ गजल पुञ्ज
आउँछ मनका भाव बोल्दै, छाउँदै सारा बस्ती
मनमुटुकै बिसौनीमा, गाथ दिन्छ गजल पुञ्ज

आज बाट कसम म तिम्रो भएँ

~~~~~~गजल~~~~~~
आज बाट कसम म तिम्रो भएँ
रात जस्तो सवनम म तिम्रो भएँ
आउ हामी रमाऔं रंगिन संसारमा
ए हजुर धरोधर्म म तिम्रो भएँ
तिमीलाई कतै चोट पर्यो भने
घाउको मल्हम म तिम्रो भएँ
तिमी मेरो वास्तवमा गजल हौ
धेरै मिठो सरगम म तिम्रो भएँ
हाम्रो संबन्ध जुनी जुनी सम्म
साथ दिने हरदम म तिम्रो भएँ ।
~मानन्धर अभागी " सौभाग्यशाली "

कोई टिप्पणी नहीं