हामी गर्छौ भनी भनी नेताहरुले ।
~~~~~~~~~ गजल ~~~~~~~~~

गर्दैनन् केही पनि नेताहरुले ।।१।।
मेरा प्यारा जनताले चाहे भने मात्र ।
झार्छु भन्छन चाँदनी नेताहरुले ।।२।।
सोझा जनतालाई ठूलो आश देखाएर ।
घुमाउछन फनफनी नेताहरुले ।।३।।
हाम्रो रगत र पसिना चुस्नुसम्म चुसेर ।
जाँड पिउछन तनतनी नेताहरुले।।४।।
जे पायो त्यही गरिरहेछन अचेल ।
आफू ठूलो बनी नेताहरुले ।।५।।
पुरु रिजाल भूमेस्थान -७ धादिङ
Post a Comment