खासखुस गर्दै गरेका ती बात बल्झिन्छन्
~~~~~गजल~~~~~
जवानीले मताएका ती मात बल्झिन्छन् ।।
सुटुक्क अन्तै दिलमा बास सरिगयौ काली
अन्जान पथमा दिएका ती साथ बल्झिन्छन्
सुख दुख जिन्दगीको एउटा पाटो भए पनि
समिपमै झै आभास हुंदा गाथ बल्झिन्छन् ।।
बेवारिसे बनाई यता खोला तरीगायौ तिमि त
अनन्त यात्री बनाई छाड्यौ घात बल्झिन्छन् ।।
©Rawat Mahendra

Post a Comment