~~~~~गजल~~~~~
मदन उस्तै छ भोट उस्तै छ
बुद्ध भुमिको खोट उस्तै छ ।।
देश नै पाल्दै मदन मरे कति
मुना जतिको सोट उस्तै छ ।।
सांध मिच्यो भन्दै बेच्दैछ उ
सारा जनको चोट उस्तै छ।।
आमा भन्दै शहिद भए कति
तक्दिरमा जाली कोट उस्तै छ ।।
हिमाल हांसेकैछ पिडा लुकाई
फुलहरू फुल्ने बोट उस्तै छ ।।
©Rawat Mahendra
Post a Comment