तिमीले देख्ने मैले देख्ने सपना फरक भएनी
तिमीले देख्ने मैले देख्ने सपना फरक भएनी
मिलन सँधै रही रहोस् कल्पना फरक भएनी
जसरी सम्झे पनि मन सफा हुनुपर्छ
मान्छे आखिर उहीनै हो सम्झना फरक भएनी
भोजमा देखाउनै पर्ने नक्कली होस् वा सक्कली
आखिर लगाउने नै हो गहना फरक भएनी
मालिस निकै जाती रै छ मामाको त्यो घरमा
दुखाइ त एउटै हो यातना फरक भएनी
छापामा फरक फरक आफ्नै तस्वीर देखें
व्यहोरा एउटै रै छ समवेदना फरक भएनी ।
~ © मानन्धर अभागी ।
Post a Comment